मंसिर ९ / होन्डाको लागि आधिकारीक विक्रेता स्याकार ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको विभिन्न मोटरसाइकल तथा स्कुटरको पछिल्लो मूल्यसूची प्रकाशन गरेको छ । होन्डाले उक्त नयाँ मूल्यसूची कार्तिक २५ गते प्रकाशन गरेको हो ।

नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालले हरेक ४ महिनामा एक पटक आफ्ना सदस्यहरुले बिक्री वितरण गर्ने सवारी साधनको अधिकतम खुद्रा मूल्य कार्तिक २५ गते प्रकाशन गरेको थियो ।

नयाँ प्रकाशित मूल्यसूचीमा होन्डाले नेपालमा बिक्री गर्ने विभिन्न १६ मोडलका २७ भेरियन्टको मूल्य प्रकाशन गरेको छ । कम्पनीले नेपालमा बिक्री गर्ने सबैभन्दा कम मूल्यको नाभीको १ लाख ५४ हजार ९०० देखि सबैभन्दा महंगो मूल्यको सिबिआर ६०० को मूल्य ३४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

होन्डाले स्कुटर सेग्मेन्टमा डिओ, एक्टीभा, एभिएटर र ग्राजिया बिक्री गर्दै आएको छ भने साना मोटरसाइकल सेग्मेन्टमा सिडी ड्रिम, यूनिकर्न, एक्सब्लेड, हर्नेट लगायतका मोडल बिक्री गर्दै आएको छ ।

होन्डाले विग बाइक सेग्मेन्टमा सिबीआर ६००, सिबी ४००, सिएफआर २५०, एक्स आर सिरिज लगायतका बाइकहरु बिक्री गर्दै आएको छ ।(मेरो अटो बाट)

होन्डा बाईकको मूल्य सूची

प्रतिक्रिया लेख्नुहोस्