मङ्सिर १३, याङ्वरकफोकस / चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउने भएका छन् । फेङ्गेको भ्रमणबारे आज बिहान परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने भएका छन् । रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठको सिलसिलामा नेपाल भ्रमण गर्न आएका हुन् ।

सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्