मङ्सिर १३, याङ्वरकफोकस / युमा धर्म महासभा मलेसियाद्वारा प्रकाशित “याक्थुङ् संस्कारहरु” नामक पुस्तकको लोकार्पण गरिएको छ । केन्द्रिय कार्यालय धरानमा सहप्राध्यापक ध्रुवकुमार मेन्याङबो र महासभाका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार वनेमको हस्तबाहुलीबाट संयुक्त रूपमा शुक्रबार लोकार्पण गरिएको हो ।

याक्थुङ्(लिम्बु) जातीको धार्मिक, सांस्कृतिक पहिचानमाथि अतिक्रमण हुदै अत्यन्तै संवेदनशील र रक्षात्मक अवस्थामा गुज्रिरहेको बेला युमा धर्म महासभाको प्रवास समिति मलेसियाले उपाध्यक्ष भरत केदेमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी पुस्तक प्रकाशन गरेको हो । संकलन / सम्पादक हितराम तिलिङले गरेका हुन् र युमा धर्म महासभाका केन्द्रिय सचिव भिमसेन लिङदमले पुस्तकलाई पुर्णता दिन सहयाेग भुमिका निर्वाह गरेका थिए भनी समितिका उपाध्यक्ष केदेमले याङ्वरकफोकसलाई बताएका छन् ।

पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्युका बेला सम्पन्न गरिने संस्कार(कर्मकाण्ड)हरूका नाम र विधि तथा चाहिने सामग्रीहरूका बारेमा समेटिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्