मङ्सिर १४, याङ्वरकफोकस / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्चले गोकर्ण नगरपालिका-३ मा वडा समिति गठन गरेको छ । शनिबार काठमाडौको गोकर्ण नगरपालिका-३ मा राजनैतिक भेटघाट कार्यक्रम गरि समिति गठन गरिएको हो ।

संघीय शेर्पा मञ्चका प्रा.कृ.स. ग्याल्नेन शेर्पाको संयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी संघीय दलित शिल्पी मञ्चका महासचिव शर्मिला बागचन्द, शिल्पी मञ्चका  राजेन्द्र मोते, लिम्बुवान मञ्चका सुर्य लिम्बु, सुजन शेर्पा, रनधोज लिम्बु, अमृत लामा नेताहरु लगायत ५५ जनाको उपस्थिति रहेको थियो ।

जुझारु युवा नेता ज्ञान बहादुर नेपालीको अध्यक्षतामा १८ सदस्यीय वडा समिति गठन भएको छ । बरिस्ठ उपाध्यक्षमा ज्ञान बहादुर दर्जी, उपाध्यक्षमा प्रज्वल नेपाली, सचिवमा हिरा परियार, सहसचिव सुनिता दर्जी, कोषाध्यक्षमा सन्जिता परियारचयन भएका छन् । सदस्यहरु मा राम बहादुर दर्जी, राजेन्द्र मोहते, मंगल बि.क., सीता दर्जी, जित बहादुर बि.क., टीका बहादुर परियार, बच्चु परियार, राम कुमारी बि.क., श्रीजना भुसाल र राम बहादुर मोहते चयन भएका छन् । सल्लाहकार सदस्य सौगात परियार र कृयासिल सदस्यमा झम्कमाया दर्जी  रहेका छन् ।

कार्यक्रममा निमा सेर्पा सहित दाबा सेर्पा, निमा ग्याल्जेन, हिरा परियार, रमेश दर्जी, ज्ञान बहदुर नेपालीले मन्तव्य राख्दै सहअस्तित्ववादलाई स्विकार्दै गरि आफ्नो समुदायको आवाज आफै बुलन्द गर्न विभिन्न पार्टी परित्याग गरि संघीय दलित शिल्पी मञ्चमा आवद्ध हुनु समेत आह्वान गरेका थिए ।

समितिमा नव निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागचन्दले मञ्चको विधान अनुसार सफतग्रहण गराएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्