मंसिर १५/ स्पानिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि शानदार जित हात पारेको छ । आइतबार घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेइटे, एन्टोनी ग्रीजमन, फिलिप काउटिन्हो र लिओनल मेसीले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा ब्रेथवेइटेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा ग्रीजमनले शानदार गोल गर्दै पहिलो हाफमा बार्सिलोनाको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे ।

७३औं मिनेटमा कप्तान मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । मेसीले अर्जेन्टाइन लेजेण्ड डिएगो अर्मान्डो म्याराडोनाको निधनपछि पहिलो गोल गरेका हुन् । उनले गोलपछि म्याराडोना र मेसी दुवैद्ये खेलेका अर्जेन्टाइन क्लब नेवेल्स ओल्ड ब्वाइजको जर्सी देखाउँदै म्याराडोनाप्रति गोल समर्पित गरेका थिए ।

जितपछि ९ खेलबाट १४ अंङ्क जोडेको बार्सिलोना सातौं स्थानमा उक्लेको छ । ओसासुना १० खेलबाट ११अकसहित १५औं स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस्