मङ्सिर १५, याङ्वरकफोकस / अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो सिनियर प्रेस टिमको लागि महिलाहरु लाई मात्र नियुक्ति गर्ने घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयको अनुसार अमेरिकाको इतिहासमा यो पहिलो पटक भएको हो ।

बाइडेनको चुनाव अभियानमा डिप्टी कम्युनिकेशन डायरेक्टर रहेकी केट बेडिंगफिल्डले टिमको नेतृत्व गर्ने भएकी छिन् । त्यस्तै राष्ट्रपति बराक ओबामाको कार्यकालमा व्हाइट हाउसकी कम्युनिकेशन डायरेक्टर समेत रहेकी जेन साकी प्रेस सचिव रहनेछिन् ।

निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसका दुई मुख्य प्रेस अधिकारीमा सिमोन स्यान्डर्स र ऐश्ली एटीन रहेकिछिन् ।

प्रतिक्रिया लेख्नुहोस्