पाँचथर,१५ मंसिर / पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं. ४ मा स्तरिय १५ शैयाकाे अस्पताल शिलान्यास सम्पन्न भएकाे छ। याङवरक गाउपालिका वडा नं.४ मेदिबुङकाे सुब्बा डाँडामा सोमबार एक कार्यक्रम गरि प्रदेश सभा सदस्य माननीय सीता थेबेकाे उपस्थितिमा शिलान्यास गरिएको हो ।

उक्त १५ सैयाको अस्पताल निर्माणको लागि कुल बजेट १८ करोड रहेको भनी स्थानीय याङ्वरकफोकसका सहकर्मी नेत्र कोइरालाले बताएका छन् । कोइरालाका अनुसार काम शुरूवात गर्नलाई एक करोड रकम आइसकेको छ ।

अस्पताल निर्माणको लागि स्थानिय मान बहादुर माबाे, नर बहादुर कटुवाल, नर प्रसाद सिवाकाेटी र चन्द्र दाहालले निशुल्क १५ रोपनी जग्गा दान गरेका छन् ।

नेपाल सरकार साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विकास याेजना अनुसार देश ब्यापी रुपमा मंसिर १५ गते ५, १०, १५ सैयाको अस्पताल शिलान्यास गर्ने योजना रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्