मङ्सिर १५, याङ्वरकफोकस / झापाको मेचीनगर नगरपालिका-४ मा कुटपिटबाट एकको मृत्यु भएको छ । स्थानीय ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई आइतबार तीन जनाको समूहले निर्घात कुपटीट गरी हत्या गरिएको हो ।

गत असोज १४ गते सामान्य वादविवाद भएको बिषयलाई लिएर तिन जनाको समुहले प्रधानलाई कुटपीट गर्दा गम्भीर घाईते भएको र उपचारको क्रममा आइतबार राती साँढे ९ बजे मृत्यु भएको भनी इलाका प्रहरी कार्यालय काकडभिट्टाले जानकारी दिएको छ ।

घटनामा संलग्न तीन अभियुक्त

घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले हत्या अभियोगमा स्थानीय ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ, २८ बर्षीय बिशाल तामाङ र २५ बर्षीय दिवश लुङगेली मगरलाई पक्राउ गरेको छ । घटनामा संग्लग्न रहेका तिन जनालाई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्