मङ्सिर १५, याङ्वरकफोकस / कृषि विकास बैंक ह्याक प्रकरणमा १४ महिना पछि एक ह्याकर नेपाली एजेन्ट पक्राउ परेका छन् । धादिङको रुबीभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई आइतबार स्वयम्भूबाट महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरिएको हो ।

गत बर्षको असोज महिनामा कृषि विकास बैंक शाखा कार्यालय न्यूरोड बाट पैसा रकमान्तर गर्ने ३५ जनाको सङ्गठित संलग्न मध्ये उनी पाँच नम्बर भित्र पर्ने एक अभियुक्त रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताएका छन् ।

बैंकको वित्तीय प्रणालीमा पहुँच राखी पैसा रकमान्तर गरी बैंकलाई झण्डै रु पाँच करोड नोक्सान पुर्याएको थियो र प्रहरीले पूरा पैसा रकमान्तर हुनुअघि नै केही व्यक्तिलाई पक्राउ गरेपछि उनीहरुको योजना विफल भएको थियो ।

कृषि विकास बैंक शाखा कार्यालय न्यूरोड बाट सुनिता श्रेष्ठको खातामा रु ४९ लाख रकमान्तर भएको थियो । उक्त रकमबाट रु नौ लाख ५० हजार भुक्तानीसमेत भएको थियो । अर्का श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न रु २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि बैंकको प्रणाली परीक्षण गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिको खातामा बैंकको मौज्दातबाट वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखि रकम जम्मा गरेको पाइएको र उनीहरुले रु चार करोड ८८ लाख रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो ।

उक्त घटनापछि श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशङ्कर पञ्जा लगायत अहिलेसम्म २९ जना पक्राउ परिसकेको छन् । यस मुद्दामा ३५ जना संलग्न भएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

प्रतिक्रिया लेख्नुहोस्