मङ्सिर १६, याङ्वरकफोकस / बारा जिल्ला जितपुर उपमहानगरपालिका-१५ सिमरामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्च र संघीय तामाङ्सालिन मञ्च गठन भएको छ । मञ्चले सोमबार एक राजनैतिक भेटघाट साथै मञ्च प्रवेश कार्यक्रम गरि मञ्च गठन भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक” को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पहिचानवादी नेताहरु, पत्रकार, बुद्धिजीवी लगायत स्थानीयको बाक्लो उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम बाट संघीय दलित शिल्पी मञ्च बाराका अध्यक्षमा कुल बहादुर बि.क, उपाध्यक्षमा पदम बहदुर बि.क र भग्लु माझी, सचिवमा गिता सुनार, सह सचिवमा निसा बि.क, कोषाध्यक्षमा प्रमिला सुनार, सह कोषाध्यक्षमा परनिया माझी चयन भएका छन् । सदस्यहरु मा भगवती बि.क, कान्ति देबि माझी, अघनिय माझि, बिमल बिक, मीन बहादुर परियार, तापा माझी, कलिता देबि माझी, कल्चरिया माझि, सुरज माझी, सिल्तु माझी, पल्टन माझी, रुपा बिक, शिव घिमिरे र लिला बि.क चयन भएका छन् ।

त्यस्तै संघीय तामाङ्सालिन मञ्च बाराका अध्यक्षमा बिकास मोक्तान, उपाध्यक्षमा बुध बहदुर योन्जन, सचिवमा राजेस बल, सह सचिवमा चम्लीमाइ दोङ, कोषाध्यक्षमा दुर्गामाय मोक्तान चयन भएका छन् । सदस्यहरु मा कमल राज थिन, रबि बुलोन, सोम बहदुर मोक्तान, लाल बहदुर स्यान्दान, ज्ञान बहदुर घिसिङ, जित बहदुर जिम्बा, जित बहदुर बल, सेरे बहदुर लोक्चन, जित बहदुर गोले, काजिमान पाख्रीन, गोपिला वाइबा, सोनाम पाख्रीन, विशाल पाख्रीन, अनिता बल जुनुमाया थिन र रमिता जिम्बा चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले नव प्रवेशीहरु लाई स्वागत तथा अबिर खादा लगाइ संमान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्