मङ्सिर १६, याङ्वरकफोकस / संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले नेपालको भाग्य र भविश्य नेकपासँग जोडिएको हुनाले ५० वर्ष सम्ममा पनि नेकपा नफुट्ने बताएका छन् ।

मंगलबार हुम्लाको सिमकोटमा रहेको विमानस्थाल अनुगमन गर्दै मन्त्री भट्टराईले कार्यकर्ताहरु संग भेट गरि “ठूलो पार्टी भएकाले पार्टी भित्र सानातिना समस्या आउनु स्वभाविक भएको र अहिलेको जटिल समस्याको कारण पार्टी कुनै पनि हालतमा पार्टी नफुट्ने बरु दुई अध्यक्ष बीच भएको समस्यालाई चाँडै टुङ्गो लगाउने” भनी बताएका थिए ।

बहुमतको सरकार रहेको देशमा मुलुकलाई गलत बाटोतिर जान नदिने र हिजोको दिनमा विदेशी हस्तक्षेप हुने गरेको तर नेकपा सरकारले त्यसलाई रोकेको भनी भट्टराईले दाबी समेका गरेका थिए ।

भट्टराईले विमानस्थल अनुगमन साथै प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी लगायत अन्य नेताहरु सँग संस्कृति, प्राकृतिक र मोटरबाटोको विषयमा समेत छलफल गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्