मङ्सिर १८, याङ्वरकफोकस / नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को पहलमा बहुचर्चित गायक तथा संगीतकार सुरेश गन्धर्वलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तथा निर्देशक अरुण प्रधान, गीतकार मिना सिङ्गक, होप धरानका अध्यक्ष निश्चल मोहन, नायिका रेखा फागो लिम्बु लगायतको उपस्थितिमा बिहीबार बिमारी गन्धर्वलाई उपचाररत वार्डमा भेटी रु ५८ हजार ५ सय रुपैयाँँ हस्तान्तरण गरिएको थियो ।

तस्बिर: नायिका रेखा फागो लिम्बुको सामाजिक संजाल फेसबुक बाट

नायिका रेखा फागोको अनुसार चलचित्रकर्मी महासंघ प्रदेश-१ द्वारा रु १३ हजार, दिपक सुब्बाद्वारा रु २० हजार, किशोर पङ्धाक र सीता तुम्बापोद्वारा रु २० हजार र सन्तोष तिल्लिङद्वारा रु ५ हजार ५ सय गरि जम्मा ५८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो ।

मुटु रोग, बाध, मधुमेह, प्रेसर, थाइराइड जस्ता रोगहरुले ग्रसित गन्धर्व धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

1 COMMENT

  1. समाचार सम्प्रेषणको लागि हार्दिक धन्यवाद Yangwarakfocus.com लाई 🙏🙏
    दिप्लक लाई दिपक 😊😁

प्रतिक्रिया लेख्नुहोस्