मङ्सिर १९, याङ्वरकफोकस / एजेन्सी, रुसमा कोरोना भाइरस विरुद्ध खोप लगाउन सुरु भएको छ । पहिलो पल्ट रुसका एक लाख भन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको हो ।

रुसमा गत अगष्ट ११ मा नै कोरोना भाइरस विरुद्ध ‘स्पुतनिक-भी’ नामक खोप निर्माण गरेको तर थप प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको र अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशत सम्म काम गरेको र प्रयोगमा ल्याइएको भनी रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले जानकारी दिएका छन् ।

रुसका नागरिकलाई उक्त खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक संयुक्त राष्ट्र संघलाई दिइएको मुरास्कोले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्