मङ्सिर १९, याङ्वरकफोकस / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपना रोका मगरलाई भेटेर बधाई दिएका छन् । पौडेलले आज अर्थमन्त्रालयमा समाजसेवी सपना रोका मगरसँग भेट गर्दै बिबिसीले छनोट गरेको विश्वको प्रभावशाली र प्रेरणादायी १ सय महिलाको सुचिमा पर्न सफल भएकोमा बधाई दिएका हुन् ।

व्यक्तिगत स्तरबाट समाज सेवा गरेको र नेपाल सरकारले नगरेको काम समाजसेवी मगरले गरेको अनि बेवारिसे नागरिकलाई र बेवारिसे भएका लासको व्यवस्थापन गरेको भन्दै अर्थमन्त्री पौडेलले प्रशंसा गरेका थिए ।साथै सपना जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए ।

अर्थमन्त्री पौडेलले बेवारिसे लासलाई व्यवस्थापन गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्