मङ्सिर २०, याङ्वरकफोकस / प्रदेश सरकारको लागतमा इलाम सदरमुकाममा मोटर पार्किङ सहितको सिनेमा हल निर्माण बन्ने भएको छ । प्रदेश-१ सरकारले ११ करोड १० लाख ३९ हजार ८३८ रुपैयाँँ लागतमा चलचित्रघर बनाउन लागेको हो ।

बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा एक तला भूमिगत सहित तीन तलामा ४७ साना सवारीसाधन र २०० भन्दा बढी मोटरसाइकल राख्न मिल्ने पार्किङस्थल र चौथो तलामा प्रतिहल २५० जना अटाउने दुई सिनेमा हल साथै फुड कोर्ट रहने गरि हल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताएका छन् ।

बस्नेतका अनुसार उक्त सिनेमा हल निर्माण गर्न कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको र निर्माण कम्पनीले ०७९ चैत ३० सम्ममा सम्पन्न गर्नुपर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्