मङ्सिर २०, याङ्वरकफोकस / राजतन्त्रको माग गर्दै काठमाडौंमा र्‍याली प्रदर्शन गरिएको छ । राष्ट्रिय नागरिक आन्दोलन समितिको आयोजनामा आज र्‍याली गरिएको हो ।

र्‍यालीमा राजतन्त्र माग गर्दै समितिले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा सहित काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उक्त समितिले राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्