मङ्सिर २१, याङ्वरकफोकस / अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ गजल प्रतियोगिता २०७७ शनिबार बाट तेस्रो चरण (तरङ्दिन ताङ्साङ)मा प्रवेश गरेको छ । याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपले आयोजना गरेको यस याक्थुङ गजल प्रतियोगिता गत असोज १ गतेबाट सुरु भएको हो ।

प्रतियोगिताका निर्णायक मधुराज केरुङले याक्थुङ आर्ट एन्ड लिट्रेचर ग्रुपको फेसबुक पेज मार्फत शनिबार लाइभ हुदै दोस्रो चरण(इक्सादिन) बाट तेस्रो चरण (तरङ्दिङ ताङ्साङ)मा प्रवेश हुने १० जना प्रतियोगीहरुको नामावली सार्वजनिक गरेका छन् ।

जनम लिङ्दम हाङ्साको संयोजकत्व र इन्दिरा नेम्बाङ्को सहसंयोजकत्वमा संचालन भइरहेको यस प्रतियोगिताले आफ्नो भाषा साहित्य कला संस्कार संस्कृतीको संरक्षण गर्ने उदेश्य लिइएको बताइएको छ । गैरलिम्बु समुदायले पनि भाग लिन पाउने यस कार्यक्रममा जम्मा ५६ जना प्रतियोगी सामेल भएका थिए । प्रतियोगितामा गैरलिम्बु साथै छिमेकी देश भारतबाट पनि प्रतियोगीहरु सहभागी छन् ।

उक्त प्रतियोगिताको विजेताले ३० हजार र प्रमाणपत्र, उप-विजेता हुनेले २० हजार र प्रमाणपत्र, तृतीयले १० र प्रमाणपत्र साथै सान्त्वना हुनेले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्नेछन् ।

तेस्रो चरण (तरङ्दिन ताङ्साङ)मा प्रवेश गरेका प्रतियोगीहरुको नामावली

प्रतिक्रिया लेख्नुहोस्