मङ्सिर २१, याङ्वरकफोकस / यस बर्षको मिस नेपाल वर्ल्ड २०२० को उपाधी नम्रता श्रेष्ठले हात पारेकी छिन् । हिडन ट्रेजरले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिता बाट २० जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधी हात पारेकी हुन् ।

होटल पार्क भिलेजमा सनिवार सम्पन्न भएको प्रतियोगितामा “मिस नेपाल इन्टरनेशनल” को उपाधि सन्ध्या शर्मा, “मिस नेपाल सुपरनेशनल” को उपाधि सिमल कनौजिया र “मिस नेपाल अर्थ” को उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

अन्तिम राउण्डमा निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ’? भनेर प्रश्न सोधिएको थियो । उक्त प्रश्नको सबैभन्दा उत्कृष्ट जवाफमा नम्रताले ‘नेपाली महिला सकारात्मक साेचकाे हुने र त्यसैकाे आधारमा संसारलाई जित्न सकिने’ बताएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्