मङ्सिर २२, याङ्वरकफोकस / नेपालमा रहेको एक सिमेन्ट उत्पादक कम्पनी “अर्घाखाँची सिमेन्ट” कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका-२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । सिमेन्ट कम्पनीले लगभग एक करोड रुपैँया बराबरको लागतमा स्वास्थ्य केन्द्र भवन निर्माण गर्न लागेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले भवनको सोमबार शिलान्यास गरेका थिए । कम्पनीले एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धीत गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ ।

उक्त स्वास्थ केन्द्रमा गाउँपालिकाले पाँच शैंयाको अस्पताल सञ्चालन गर्ने र कम्पनीले आफ्नो व्यवसायिक, सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले अर्घखाँची सिमेन्टले स्थानीयस्तरमा विभिन्न सहयोग गर्दै आएको र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट कम्पनीले सियारी गाउँपालिकाको आसपासका क्षेत्रहरुको शिक्षा, सरसफाइ, खाद्यान्न तथा बाटोघाटो विकासमा सहयोग गर्दै आइरहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्