मङ्सिर २४, याङ्वरफोकस / सिरहाको लहानमा चिनियाँ हस्तक्षेप भएको भन्दै स्थानीय नागरिकले विरोध प्रदर्शन गरेको छ । पुर्वमन्त्री ‘सरिता गिरी समर्थक समूह’ले आज लहानमा विरोध प्रदर्शन गरेको हो ।

स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालयबाट निकालिएको विरोध र्‍याली बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

उक्त र्‍यालीमा ‘लोकतन्त्र सुनिश्चित गर’, ‘नागरिक अधिकार रक्षा गर’, ‘गो ब्याक चाइना’, ‘नेपालको राजनीतिमा चीनको हस्तक्षेप बन्द गर’, ‘चीनले मिचेको नेपाली भूमी फिर्ता गर’  जस्ता नारा लगाइ विरोध जनाइएको थियो ।

कोणसभामा पूर्वमन्त्री तथा नेतृ गिरीले नक्सा प्रकरणमा संसदमा उठाएका आफ्ना आवाज जायज रहेको दाबी गरेकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्