मङ्सिर २४, याङ्वरकफोकस / पाँचथरको याङ्वरक गाउँपालिका-४ थर्पू निवासी मुटु तथा कलेजोका बिरामी कमला योङ्हाङ्लाई दक्षिण कोरियामा रहेका नेपालीहरु बाट आर्थिक सहयोग उपलब्ध भएको छ । वैदेशिक रोजगारको लागि दक्षिण कोरियामा कार्यरत नेपालीहरु बाट संकलित १,१५,४१७ रुपैयाँ बिमारी योङ्हाङलाई हस्तान्तरण गरिएको हो ।

कोरियामा कार्यरत दिनेश योङ्हाङको संयोजकत्वमा र इन्द्रहाङ सिगु साथै अनिश पोख्रेलको सहयोगमा संकलित दोस्रो चरणको  उक्त रकम आज बिमारीका दिदी कल्पना योङ्हाङ्ले बिमारीका श्रीमान् बलहाङ् योङ्हाङ र बिमारी कमला योङ्हाङलाई हस्तान्तरण गरेका हुन् ।

बिगत लामो समयदेखि योङ्हाङ्को मुटु तथा कलेजोमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचार गराईरहेकी छिन् । उपचारका क्रममा पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि थप उपचारका लागि सहयोगको याचना गरिएको थियो ।

सहयोगीहरु को नामावली

पहिलो चरण र दोस्रो चरणको सहयोगीहरु को नामावली

पहिलो चरणको आर्थिक सहयोग गत कार्तिक २५ गते अश्मिन ईधिङ्गोद्वारा बिरामीका श्रीमान् बलहाङ योङ्हाङ्लाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्