मङ्सिर २४, याङ्वरकफोकस / ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं.९ टैदिङमा जनता समाजवादी पार्टी (जसपा) ले टोल समिति गठन गरेको छ । जसपाले आज घरदैलो कार्यक्रम संगै राजनीतिक सचेतना अभियान कार्यक्रम गरि समिति गठन गरेको हो ।

उक्त कार्यक्रम बाट समाजसेवी आङ सर्की शेर्पाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरिएको भनी स्थानीय युवा नेता ङावाङ नुरी शेर्पाले याङ्वरकफोकसलाई जानकारी दिएका हुन् । शेर्पाका अनुसार समितिमा बरिस्ठ उपाध्यक्षमा पुटी शेर्पा, उपाध्यक्षमा सोफल वि.क., कोषाध्यक्षमा ङिम्दीकी शेर्पा, सचिवमा सानी शेर्पा र सहसचिवमा सर्किनी शेर्पा चयन भएका छन् । सदस्यहरु मा सुन्तली वि.क., सन्त वि.क., नुर्वु शेर्पा, पुटी शेर्पा, पेमा शेर्पा, लाक्पा शेर्पा, मोटे वि.क., गणेश वि.क., ङिमा शेर्पा, कांडु शेर्पा, दोर्ची शेर्पा, छिरी शेर्पा, रिन्जी शेर्पा, लप्साङ शेर्पा, कामडोमा शेर्पा, माया शेर्पा, मिङमार शेर्पा, छोटिन शेर्पा, दिकु शेर्पा, च्याङ ल्हमु शेर्पा, मिङमार शेर्पा, छिरिङमा शेर्पा, पुटी शेर्पा, कनुरी शेर्पा, पेमा शेर्पा, कामी शेर्पा, जम्देन शेर्पा,पुटी शेर्पा, यङ्जी शेर्पा, आङ दावा शेर्पा, अम्बरे वि.क., पुटी शेर्पा, सुवास वि.क., अनुव वि.क., ङिमा शेर्पा, पेम्बा शेर्पा, शेर शेर्पा र पेम ङिमा शेर्पा चयन भएका छन् ।

जसपाको ओखलढुंगामा घरदैलो कार्यक्रम निरन्तर ६ महिना सम्म रहने र प्रदेश-१ का सदस्य गाम्बु शेर्पा जसपामा प्रवेश गरेसंगै ओखलढुंगाको खिजिदेम्बामा पार्टी तीब्र गतिमा भएको भनी युवा नेता शेर्पाले बताए ।ओखलढुंगा काठमाडौ सम्पर्क समिति र खिजिदेम्बा काठमाडौ सम्पर्क समिति गठन भइसकेको र अब ओखलढुंगामा नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी बिच पार्टी संयोजन हुने समेत शेर्पाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्