मनोज

मंसिर २५/ लोक प्रिय  सामाजिक सञ्जाल  फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या आएको छ । तर अहिलेसम्म फेसबुक र इन्स्टाग्रामले  आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा मौन रहेकाछ्न।

डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।

मानिसहरुले गरेको गुनासोअनुसार फेसबुक म्यासेन्जरमा म्यासेजहरु आउन पनि पठाउनमा समस्या देखिएको छ । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।

डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्