मङ्सिर २५, याङ्वरकफोकस / झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा-११ की ७० वर्षीया माइना हस्दाको बलात्कार पछि हत्या भएको हो ।

चारआलिस्थित पाउँ पाथिभरा मन्दिर अगाडि रहेको राजमार्गको कल्भर्टमुनि हस्दाको बलात्कारपछि हत्या भएको भनी जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी राकेश श्रेष्ठले बताए ।

वृद्धाको शब कल्भर्ट मुनि आज विहान फेला परेको र हत्या अभियोगमा भद्रपुर-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

सूचना अधिकारी श्रेष्ठका अनुसार आज विहान अभियुक्त आफैले वृद्धाको शब भेटिएको खबर प्रहरीलाई दिएका थिए ।

प्रहरीले लिएको बयानमा बिर्जाले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बताएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्