मङ्सिर २६, याङ्वरकफोकस / काठमाडौको स्वयम्भूमा महानगरीय अपराध महाशाखाको टोलीले गैंडाको खागसहित पाँच जनालाई पक्राउ गरेको छ । कोठामा बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा महाशाखाले बिहिवार पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं झोंछेका ४१ वर्षिय रिकेश शाक्य, काठमाडौं झोंछेकै ३५ वर्षिय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ र नुवाकोटकै २२ वर्षिया मुना तामाङ रहेका छन् ।

उनीहरुको साथबाट खाग बरामद गरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्