मङ्सिर २७, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ३ जना, ओखलढुंगामा ३ जना, झापामा २९ जना, भोजपुरमा १ जना, सुनसरीमा २० जना, मोरङमा ८ जना, सङ्खुवासभा ३ जना र उदयपुरमा १ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण देखिएको र १३५९ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्