मङ्सिर २८, याङ्वरकफोकस / दर्शक श्रोताले अत्याधिक रुचाएको लोकप्रिय हाँस्य टेलिचलचित्र “सक्किगोनी” लाई दर्शक श्रोताले सकारात्मक टिप्पणी गर्दै आएको छन् । विगत नौ महिना देखि कोरोनाको कारण बन्द भएको ‘सक्किगोनी’ पुनः सुचारु भइ अहिले युट्युबमा ट्रेडिङ दुई मा आउन सफल भएको छ ।

सामाजिक संजाल फेसबुकमा हाँस्य टेलिचलचित्र “सक्किगोनी” को बारेमा साहित्यकार तथा समीक्षक विष्णु धिताल यस्तो लेख्छन् ।

लक डाउनको कारण अहिले सिने जगत प्राय ठप्प छ,दर्शक हरुले अधिक रुचाएका धेरै चलचित्र,टेलीचलचित्रहरु लामो समय बन्द भए यो बिचमा हामि जस्ता दर्शकको कुनैन कुनै मनपर्ने चलचित्र टेलिचलचित्र पनि परे र त्यो मध्य दर्शकको अपार माया पाएको टेली चलचित्र “स्क्कीगोनी” सबै भन्दा शिर्ष स्थानमा थियो l

नेपाल टेलिभिजन बाट प्रसारण भईरहेको मंसिर २५ गते बिहिबार बाट हिमालयन टेलिभिजन बाट प्रसारण भयो म र मेरा परिवारका लागी व्यग्र प्रतिक्षामा रहेको सक्किगोनी हेर्न टेलिभिजन सेट अघि जम्मा भईयो जब सक्किगोनी सुरु भयो म दंग परेँ ओहो ! मेहेनत गरे के हुदैन ? एउटा टेली चलचित्रले गरेको मेहेनत नजर अन्दाज नै गर्न नसकिने थियो l लाग्थ्यो हेर्न नपाएर तिर्खाएका हामि दर्शक भन्दा करिव ७/८ महिना दर्शक बाट टाढा रहनु पर्दा आफुलाई दर्शक माझ प्रस्तुत गर्न नपाएका कलाकार तिर्खाएका देखिन्थे,यत्रो महिना पछि आउँदा पनि उही जोस उही जाँगर !! अझ आफुलाई प्राविधिक रुपमा अब्बल बनाएर फर्किएको थियो l यो एपिसोडमा सबै कलाकार लाई नदेखिए पनि कथा वस्तु र त्यस्ले दिएको सन्देश अत्यन्तै गहन थियो l

प्राय एउटा गाउँ भित्र सिमित बनेको कथा र पात्र यो पटक सहर पसेको थियो स्वाभाविक रुपमा त्यहि अनुरुप लोकेसन पनि फरक हुने भईहाल्यो,यो एपिसोड निर्माणमा टिमले ५/६ दिन खर्च गरेको देखिएको छ,किनकि यो भागमा काभ्रे,काठमाण्डौ,चितवन कथा वस्तुले माग गरेबमोजिम सोहि ठाउँ लाई देखाईएको छ,जसका कारण यो १/२ दिनमा छायाँकन सकिने सम्भावना छैन एउटा टेलिचलचित्रले गरेको यो मेहेनत कुन ठुलो पर्दाको चलचित्र भन्दा कम हैन l

गाउँका बेरोजगार युवाहरुले देखेका ठुला ठुला सपनाको सहर परिवेस र यथार्थ लाई हस्यौली तरिकाले प्रस्तुत गर्नु सजिलो पक्कै थिएन त्यो पनि कोरोनाले थलिएको एउटा टेली चलचित्रलाई l तर “सक्किगोनी” टिमको जोस जाँगर र हिम्मत लाई मुक्तकण्ठले प्रसंशा गर्न मन लागेको छ,कि सिमित श्रोत साधनका बाबजुत पनि कन्जुस्याई नगरि लगानी गर्ने सक्ने आँट गरेको देखियो एउटा चलचित्रमा हेलिकप्टर प्रयोग गर्न सोच्नु पर्ने समयमा एउटा टेलि चलचित्रले हेलिकप्टर प्रयोग गर्नुले हामि एक खुड्किलो उक्लियौं है भन्नु हो,यो अत्यन्तै प्रसंसनिय छ l टिमले के कुरा चाहिँ स्पष्ट सन्देश दिएको छ भने नेपालमा पनि यो लेभलका टेलि चलचित्र बन्न सक्छन तर फराकिलो सोच राखेर लगानी गर्न सक्नु पर्छ l

हामीलाई यो दोश्रो सिजनको पहिलो एपिसोड हेर्दा झट्ट मनमा लाग्न सक्छ कि गाउँले परिवेसमा रहेर हामीले हेरिरहेको टेलि चलचित्र कतै सहर केन्द्रित त हुँदैन ? हामीले बुझ्नु यो पर्छ कि कथा बस्तु अनुसार पात्रहरु चलायमान हुन्छन कथा र पात्र सधैँ एकै ठाउँ नहुन सक्छन,यो एपिसोडमा २० लाख बोकेर प्रेमिका खोज्ने अस्ट्रेलिया हिडेको जिग्रीले साथीभाईको तालमा लागेर,फजुल खर्च गरेर २० लाख चेट पारेर ठण्डाराम भएर गाउँ आईपुगेको छ अब २० लाखले गाउँमा जिग्रिलाई कति दुख देला त्यो हेर्न आगामी एपिसोड कुर्नुपर्ने हुन्छ l

यो एउटा धाराबाहिक टेलि चलचित्र हो,त्यसैले चलचित्र जस्तो एक पटक प्रशारण भएर त्यस्को समिक्षा गरेजस्तो एकै एपिसोडमा यो जुर बन्यो अब यस्को काम छैन भनेर भन्न मिल्दैन,त्यसो गर्नु भनेको नयाँ जोस जाँगर बोकेका कलाकार निर्माता निर्देशक लाई निरुत्साहित गर्नु हो त्यसो गरेर हाम्रो सिने जगत उभो लाग्दैन l समग्रमा “सक्किगोनि” को दोश्रो सिजनको पहिलो भागको निर्माण व्यवस्थापन र क्वालेटि कुनै चलचित्र भन्दा कम छैन l बधाई छ “सक्किगोनि” परिवार अझ धेरै प्रगतिको लागी शुभकामना l

“सक्किगोनी” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्