मंसिर २९/ च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । यसपटक प्रिक्वाटरफाइनलमा क्याटलान क्लब बार्सिलोनाले पिएसजीको सामना गर्ने भएको छ ।

स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इटालियन टोली एटलान्टाले क्वाटरफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिखले इटालियन टोली लाजियोको सामना गर्नेछ । बायर्न र लाजियो दुवै समूह चरणमा अपराजित रहेका थिए ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्नेछ । सिटीले पछिल्लो ६ सिजनमा ५ पटक क्वाटरफाइनल यात्रा तय गरेको छ ।

प्रिमियर लिगको च्याम्पियन लिभरपुलले गत सिजन सेमिफाइनल पुगेको आरबी लाइप्जिगसँग खेल्नेछ । फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको चेल्सीले ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको सामना गर्नेछ । फरवार्ड डिएगो कोस्टाले आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डले युरोपा लिगको साविक विजेता सेभियासँग खेल्नेछ । इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगीज क्लब एफसी पोर्टाेसँग खेल्नेछ । दुई पटकको विजेया युभेन्टसले क्रिस्टियानो रोनाल्डोको आक्रमणमा यसपटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

प्रि-क्वाटरफाइनल खेलहरु फेब्रुअरी तेस्रो सातादेखि सुरु हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्