मङ्सिर २९, याङ्वरकफोकस / पाँचथरको फिदिम नगरपालिका-१ बताँसे खोल्सामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको छ । आज (सोमबार) बिहान साँढे नौं बजे मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घटनामा परेका ट्याक्टर चालक सुनसरी झुम्काका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको र उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्