मङ्सिर २९, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्य समिति पान्थरका अध्यक्ष तथा साहित्यकार, लेखक, निर्देशक, साँस्कृतिक पुन:जागरण अभियन्ता सागर केरुङले काङ्ग्रेस आन्दोलन तपशिल कारणले नेपाली नागरिकहरूको हितमा छैन भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा सोमबार केरुङले काङ्ग्रेसको आन्दोलन नेपालीहरुको हितमा छैन भन्दै यस्तो लेखेका छन् ।

आजको (२०७७ मंसिर २९ गते) काङ्ग्रेसको आन्दोलन तपशिल कारणले नेपाली नागरिकहरूको हितमा छैन ।

बिक्रम सम्बत २०७२ असोज ३ गते जारी गरिएको संविधानले नेपालको अन्तरिम संबिधान,२०६३ मा प्रत्याभूत गरिएको लिम्बुवान, खम्बुवान, मधेश, थरुहट, तमुवान, नेवा, मगरात, खवसान, तामाङसालीङ, शेर्पालुङ, आदिवासी जनजाती, महिला, मुस्लिम, दलित, पिछडिएकावर्ग लगायत ऐतिहासिकविभेदमा परेका समुदायका महत्वपूर्ण अधिकारहरु कटौती गरेको छ । पहिलो संविधानसभामा सहमति भइसकेका बिषयहरुलाई दोश्रो संविधानसभाले स्वामित्व ग्रहण गरेको थियो । त्यसको एक मात्र उदेश्य,पहिलो संबिधानसभाका समितिहरुले पारित गरि सहमति भएका बिषयहरु दोश्रो संविधानसभाले नयाँ संबिधानमा विनाविवाद लिपिबद्द गर्नुपरेको थियो । त्यसको ठिक विपरित पहिलो संविधानसभामा सहमति भएका खासगरी लिम्बुवान, लिम्सालीङ, मधेश, आदिवासी जनजाती, दलित, महिला, पिछडिएका वर्ग संग सम्बन्धित प्रावधानहरु नयाँ संबिधानमा राखिएका छैनन् । वर्तमान संविधानका तपशिल धाराहरु संसोधन वा पुनर्लेखन गर्न आवश्यक छ । धारा-४ (धर्मनिरपेक्षता), धारा-७ (सरकारी कामकाजको भाषा), धारा-९ (राष्ट्रिय गान,गाइ,इत्यादि), धारा-११ (नेपाली नागरिक), धारा-१४ (गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने) धारा-१६ (बाच्न पाउने हक), धारा-१८ (समानताको हक) धारा-१८, धारा-२०, धारा-२१, धारा-२३, धारा-२४, धारा-२५, धारा-२६, धारा-२७, धारा-२८, धारा-२९, धारा-३०, धारा-३१, धारा-३२, धारा-३३, धारा-३८, धारा-३९, धारा-४१, धारा-४२, धारा-४७, धारा-५१, धारा-५५, धारा-५६, धारा-५७, धारा-५८, धारा-७०, धारा-७६, धारा-८४, धारा-८६, धारा-९१, धारा-९२, धारा-१२६, धारा-१२७, धारा-१२९, धारा-१३७, धारा-१३९, धारा-१४९, धारा-१५३, धारा-१५४, धारा-१६३, धारा-१६८, धारा-१७६, धारा-१८२, धारा-१९७, धारा-२०३, धारा-२१४, धारा-२१५, धारा-२१६, धारा-२१७, धारा-२१८, धारा-२२१, धारा-२२२, धारा-२२३, धारा-२४२, धारा-२४४, धारा-२४५, धारा-२४८, धारा-२५०, धारा-२५२, धारा-२५८, धारा-२५९, धारा-२६१, धारा-२६३, धारा-२६५, धारा-२६७, धारा-२६८, धारा-२६९, धारा-२७६, धारा-३०० उपरोक्त धाराहरु मध्ये हाम्रो बिरुद्दका प्रावधानहरु ११ वटा धाराहरु छन् । हामीलाई विभेद गरिएका धाराहरु २३ ओटा छन्,हामीलाई बहिष्करण गर्ने धाराहरु ४९ ओटा छन् भने एकल जातीय सर्वोचता कायम गर्ने प्रावधानहरु ५ वटा रहेका छन् । उपरोक्त धाराहरु सबै नेपाली काङ्ग्रेसले निर्माण गरेका हुन् । काङ्ग्रेसले निर्माण गरेको संविधान नै बिभेदकारी छ,यो संविधान कै पराकाष्ठा हो यो सरकार । यो संविधानले सम्पुर्ण नेपाली नागरिकहरुलाइ आत्मसम्मानको प्रत्याभूत गरेको छैन । आजको काङ्ग्रेसको र्याली/आन्दोलन र बालुवामा पानी खन्याउनु उस्तै ।

प्रतिक्रिया लेख्नुहोस्