मङ्सिर ३०, याङ्वरकफोकस / नेपाल सरकारले संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भए बैठक बस्न र निर्णय गर्न मिल्ने अध्यादेश जारी गरेको छ । नेपाल राजपत्रले मंगलबार जारी गरेको अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

प्रधानमन्त्री केपि शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार, कार्यविधि ) सम्बन्धी ( पहिलो संशोधन ) २०७७ अध्यादेश जारी गरेको हो ।

अध्यादेश अनुसार अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमति भएमा जुनसुकै निर्णय गर्न सक्नेछ ।
संवैधानिक परिषद काम कर्तव्य र कार्यविधिको उपदफा ३ र ५ संशोधन गरेर यस्तोे व्यवस्था गरिएको हो भने ६ र ७ हटाइएको छ ।

यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ । हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् ।

प्रतिक्रिया लेख्नुहोस्