पौस ०१/बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाज पल्सर १२५ किन्ने ग्राहकलाई मासिक ६ हजार ३८६ रुपैयाँ किस्ता तिर्नेगरि मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।

बजाज पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको हो । यसको मूल्य तिहार अघिसम्म २ लाख २६ हजार ९०० रुपैयाँ रहेको थियो । कम्पनीले केहि दिनअघि यसको मूल्य ३ हजार रुपैयाँले महंगो बनाएको हो ।

कम्पनीले आफ्ना सबै मोडलमा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई विना व्याज १८ महिनाको किस्ता सुविधा प्रदान गरेको छ । कम्पनीले ल्याएको यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले १ लाख १४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने हुन्छ । बाँकी रकमलाई कम्पनीले फाइनान्स सुविधा प्रदान गर्ने छ ।

कम्पनीले प्रदान गर्ने फाइनान्स सुविधामा व्याज नलाग्ने हुँदा कर्जा वापतको १ लाख १४ हजार ९०० रुपैयाँलाई ग्राहकले १८ किस्तामा तिर्न पाउने छन् ।

यस्तो छ पल्सर १२५

पल्सर १२५मा १२४.४ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा ११.८ बीएच पावर तथा ६५०० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर १२५ को कुल तौल १४० केजी रहेको छ । यस्तै यसको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम र ह्वीलबेश १३२० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

पल्सर १२५ को अगाडिमा टेलिस्कोपिक सस्पेन्सन र पछाडि ट्वीन ग्यास सस्पेन्सन रहेको छ । अगाडि चक्कामा डिस्क र पछाडि चक्कमा ड्रम ब्रेक रहेको मोटरसाइकलमा १७ इन्चको ह्वील दिइएको छ ।

पल्सर १२५ मा कम्पनी हेलोजीन हेडल्याम्प र एलइडी टेल ल्याम्प दिएको छ । सेमिडिजिटल कन्सोल र डिजिटल स्पीडोमिटर रहेको पल्सर १२५ पछिल्लो दिनमा सफल हुँदै गएको मोटरसाइकल हो ।(मेरो अटो बाट)

प्रतिक्रिया लेख्नुहोस्