पुष १, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ ।

परिषद् सम्बन्धी अध्यादेश जारी गर्न नेकपाका ८३ जना सांसद्को हस्ताक्षरसहितको निवेदन बोकेर भीम राव र पम्फा भुसालसहितका नेताहरू दिनभर शीतल निवासमा बसेका थिए ।

राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलको पर्खाइमा उनीहरू ६ घण्टासम्म शीतल निवासमा बसेका थिए । अध्यक्षहरूबीच सहमति भएको औपचारिक जानकारी आएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएकाे नेता भीम रावलले जानकारी दिएका छन् ।

यसैबीच बुधबारकाे स्थायी कमिटी बैठकमा ओलीले मङ्गलबारकाे संवैधानिक परिषद्को बैठकले कुनै पनि निर्णय नगरेको जानकारी गराएका थिए । बुधबारकाे बैठक बस्नुअघि दुई अध्यक्षबीच दुई पटकसम्म छलफल भएको थियो ।

अध्यादेश र विशेष अधिवेशनमा दुई अध्यक्षबीच सहमति जुटेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा सहभागी भएका थिए । बुधबारकाे बैठकले अर्को स्थायी कमिटी बैठक यही ५ गते र केन्द्रीय कमिटी बैठक १० गते बस्ने निर्णयसमेत गरेको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्