पुष ३, याङ्वरकफोकस / प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा कुराकानी भएको छ । आज (शुक्रबार) दुई अध्यक्षबीच साँझ भेट तथा कुराकानी भएको हो ।

पार्टी भित्रको आन्तरिक समस्या बारे छलफल भएको तर कुनै ठोस निष्कर्ष ननिस्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका हुन् ।

उक्त भेटमा अध्यादेश फिर्ता लिने विषयमा बुधबारको स्थायी समितिमा भएको सहमति कार्यान्वयन गर्न प्रचण्डले प्रधानमन्त्री ओलिलाई आग्रह गरेका थिए तर प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन आलटाल गरेको जुगलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्