पुष ३, याङ्वरकफोकस / लमजुङ सुन्दरबजार नगरपालिका-४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको हत्या अभियोगमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई आज जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा पक्राउ गरिएको हो ।

सागरको नाताले काकी पर्ने मृतक धनमाया सँग केही महिनादेखि अनैतिक सम्बन्ध रहँदै आएको र धनमाया गर्भवती रहेको थाहा पाएपछि उक्त घटना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर हत्या गरिएको अनुसन्धानबाट खुलेको थापाले बताए ।

घटना लुकाउनलाई साथी विकाससँग सल्लाह गरेको गत मङ्सिर ३० गते बेलुका साढे ५ बजे धनमाया रहेको कोठा हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्यान मुद्दासम्बन्धी कसुरमा थप अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

मृतक युवतीको बिहीबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको र रिपोर्ट आइनसकेकाले गर्भवती भए नभएको खुली सकेको छैन र युवतीका श्रीमान् धुव्र भुजेलले आज नै किटानी जाहेरी दिएको थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्