पुष ५, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ७ जना, उदयपुरमा १ जना, ओखलढुङगामा १ जना, झापामा ६ जना, तेह्रथुममा १ जना, मोरङमा २२ जना, संखुवासभाका २ जना, सुनसरीमा ३ जना र सोलुखुम्बुमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५८८ जनामा कोरोना संक्रमण देखिएको र १०९६ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्