पुष ५, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई आगामी निर्वाचन सफल बनाउनका लागि आवश्यक तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलिले प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख  गणेश अधिकारीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुसँग देशको सुरक्षा अवस्थाको बारेमा समेत ब्रिफिङ लिएका थिए ।

ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन तय भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्