पुष ६, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलिको निर्णय प्रति बिरोधका साथै भत्सर्ना गर्दै असहमति जनाएको छ । मञ्चले आइतबार एक विज्ञप्ति जारी गरि प्रधानमन्त्री र रास्ट्रपतिको कदम संबिधान बिपरित, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बन्दै बिरोध गरेको हो ।

मञ्चको विज्ञप्तिमा प्रधानमन्त्रीको यस संबिधान बिपरित कदमको बिरुद्धमा संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च र मञ्च सम्बद्ध सम्पुर्ण प्रान्तीय मञ्चहरु सडकमा आएर आन्दोलनमा उत्रने समेत खबरदारी गरिएको छ । पार्टीको आन्तरिक कलह पार्टी भित्रै बसेर मिलाउन र पार्टीको आन्तरिक समस्यालाई देश र जनतालाई नबोकाउन आग्रह गर्दै प्रधानमन्त्रीको बिशेष अधिकारलाई सदाको लागि खारेज गर्न मञ्चले माग गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालको विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्