पौष-७, डेस्क । झापाको बिर्तामोडमा आगो ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ । बिर्तामोड-२ की २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर सोमवार राति ज्यान गएको हो ।

आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा बेलुकी साँढे ६ बजे आगोले जलेर ज्यान गएको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्