पुष ८, याङ्वरकफोकस / चलचित्र लेखक, निर्देशक तथा नाट्यकर्मी सागर केरुङद्वारा लिखित “तियाहा” नाटक सङ्ग्रह विमोचन साथै लिम्बु समुदायमा नाट्य विधाको प्रभाव बारे बिषयक बहस कार्यक्रम हुने भएको छ । नाट्यकर्मी केरुङ्ले एक सुचना सार्वजनिक गर्दै यहि पुष ११ गते शनिबार चुम्लुहिम ललितपुरमा कार्यक्रम हुने बताएका छन् ।

किरात याक्थुम चुम्लुङ लिसाप, केन्द्रिय समितिको आयोजनामा गरिएको उक्त कार्यक्रममा बौद्धिक व्यक्तित्व वक्ताहरु संग छलफल साथै बहस हुने सूचनामा जनाएको छ ।

उक्त कार्यक्रममा लिम्बु समुदायमा नाट्य विधाको प्रभाव बारेमा अमर तुम्याहाङले र मुन्धुम र नाटकको सम्बन्ध बारेमा यासेली योङ्हाङ्ले सहजीकरण गर्नेछन् । त्यस्तै नेपाली नाट्यक्षेत्रमा आदिवासी नाट्यकर्मीहरुको वर्तमान अवस्थाको बारेमा प्रवीण पुमाले सहजीकरण गर्नेछन् ।

सार्वजनिक सूचना

प्रतिक्रिया लेख्नुहोस्