पुष ८, याङ्वरकफोकस / तेह्रथुमकाे  छथरमा चासाेक तङ्नाम् मेला मनाउन आयोजक समिति गठन गरिएको छ । शुक्रबारेमा आज (बुधबार) बसेकाे भेलाले चासोक मेला समिति गठन गरेको हो ।

उक्त भेलाबाट नारायण सम्बाहाङ्फेकाे संयाेजकत्वमा २७ सदस्यीय समिति गठन गरिएको छ । सचीवमा अनिल आङ्खेवा चयन भएका छन् ।

यस मेलामा पुष १३ गते वडा स्तरिय फुटबल प्रतियोगिता, १४ गते प?लुङ् लेप्मा कार्यक्रम, १५ गते विहान चासाे?थिसाे? अनुष्ठान साथै ११ बजेदेखी औपचारिक कार्यक्रम, चासाेक तङ्नामकाे बारेमा कार्यपत्र प्रस्तुत, मातृभाषाका साहित्य वाचन कार्यक्रम लगायत सय भन्दा बढी के;लाङ् (च्याब्रुङ् नाच) प्रस्तुती कार्यक्रम रहनेछन्  ।

प्रतिक्रिया लेख्नुहोस्