पौष-९, डेस्क । पाँचथरको हिलिहाङ गाउँपालिका-५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज(बिहीवार) बिहान/राती १ बजेको समयमा ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेका हुन् । श्रीमतीको हत्या लगतै श्रीमान् फरार रहेकाले जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले खोजतलास गरिरहेको तथा घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्