पुष ९, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार बदर गरेको छ । आज बालुवाटारमा बसेको ओली पक्षकाे केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई स्थायी कमिटी र केन्द्रीय कमिटीले दिएको कार्यकारी अध्यक्षको अधिकार बदर गरेको हो ।

प्रचण्डलाई अध्यक्षबाट नहटाइएको तर कार्यकारी अधिकारको दुरुपयोग गरेकाले अधिकार भने बदर गरिएको ओली पक्षका नेताहरूले बताएका छन् । ओली नेतृत्व नेकपाको केन्द्रिय बैठकले ओलीको मात्रै हस्ताक्षर चल्ने गरी निर्णय गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्