पुष ९, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली नेतृत्व पक्षले सात प्रदेशका संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । आज बालुवाटारमा बसेको ओली पक्षकाे तेस्रो केन्द्रीय कमिटी बैठकले प्रदेश संयोजक हेरफेर गरेको हो ।।

उक्त बैठकले प्रदेश-१ मा सुवास नेम्बाङ, प्रदेश-२ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्