सुमन सहयात्री योङ्हाङ
पुष ११, याङ्वरकफोकस / पुर्वेलि लाेक गायक ईन्द्र सुशील चाेङबाङ र चर्चित गायिका सुनिता थेगिमकाे छथरे लिम्बुभाषामा रहेको “फुङ हिक्खे नुमा” पालाम सार्वजनिक गरिएको छ । उक्त पालाम बिहिवार सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भरत थाेक्लेनकाे शब्द संकलन तथा सन्ताेष तिगेलाकाे निर्माणमा तयार भएकाे यस पालामकाे लय सिर्जना भने गायक ईन्द्र सुशील चाेङबाङकाे रहेकाे छ । राजु कार्कीले गीतलाई एरेन्ज/मिक्सिङ गरेका हुन् ।

भिडियोलाई गंगाराम राईले छायांकन/सम्पादन गरेका हुन् ।

धनकुटा र तेह्रथुम क्षेत्रमा प्रयाेग गरिने छथरे लिम्बु भाषालाई यस पालाममा प्रस्तुत गरिएकाे छ । फेदापे लिम्बु भाषिक पालाम भन्दा फरक रहेको छथरे पालाम पहिलो पल्ट वि.स ०६६ सालमा दिल पाक्साङ्वाकाे शब्दमा निरविन्दु थाेक्लेन र मनु पाक्साङ्वाकाे आवाजमा रेकर्डिङ भएको थियाे । यस सन्दर्भमा छथरे भाषिक पालाम यो दोस्रो रेकर्डिङ रहेको निर्माण पक्षको भनाइ रहेको छ ।
पालाम “फुङ हिक्खे नुमा” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्