पुष ११, याङ्वरकफोकस / दोलखा सदरमुकाम चरिकोटमा संसद् विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरको घाँटिमा राखी प्रदर्शन गरिएको छ ।

नेकपा दाहाल-नेपाल समूहका निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरुले आज (सनिवार) संसद् विघटन विरुद्ध कुकुरको घाँटीमा ओलीको तस्बिर राखी विरोध जनाएका थिए ।

यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रहरीले कुकुर, तस्बिर सहित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्