पौष १४/  प्रीमियर लिगको म्यान्चेष्टर युनाईटेडले फरवार्ड ईडिन्सन काभानीसंग सम्झौता थप्ने  तयारी गरेको छ ।

मेनेजर ओले गुनर सोल्सायरले उरुग्वेका फरवार्डसंग सम्झौता थप्ने विषयमा सोचिरहेको बताएका छन् ।

काभानीले युनाईटेडसंग गत अक्टोबरमा एक वर्षको सम्झौता गरेका थिए । सम्झौता थप्ने मिल्ने सहितको विकल्पमा काभानीले हस्ताक्षर गरेका थिए ।

उनले यस सिजन प्रिमियर लिगमा मात्र एक खेलमा सुरुवातमा रहेर मैदान उत्रिएका छन् । उनले ८ खेलमा ३ गोल गरेका छन् । उनी बेन्चबाट मैदान छिर्दै शनिबारमात्र ब्रुनो फर्नान्डेजलाई निर्णायक गोलका लागि पास उपलब्ध गराई दिएका थिए ।

सोल्सायरले नयाँ सम्झौतामा काभानी सहमत हुने अपेक्षा गरेका छन् ।

‘इडिसनसंग केही वर्ष बाँकी छ । त्यसैले म केही भन्दिन ।’ सोल्सायरले भने, ‘उनले धेरै प्रभाव छाडेका छन् । र मलाई उनीमा भरोसा छ ।’

सोल्सायरले पेरिस सेन्ट जर्मेन (पीएसजी) र नापाेलीका फरवार्डलाई आफुले वैकल्पिक खेलाडी भन्दा अघि देखेको बताए ।

‘उनी पक्कैपनि सुरुवाती खेलाडी हुन् ।’ नर्वेजियन प्रशिक्षकले भने ।

‘तपाई कुनैपनि रुपमा खेलाडीलाई वर्गीकृत गर्न सक्नु हुन्न । मलाई उनीमा भरोसा छ । सायद उनी धेरै खेलमा सुरुवाती सेटमा रहेर खेल्नेछन् । जुन भईरहेको छैन ।’ उनले थपे ।

काभानीले ढिलै गरि प्रिमियर लिगमा खेल्न पाए ।

एकान्तवासका कारण उनले सुरुवाती खेलमा युनाईटेडको जर्सीमा उत्रिन पाएनन् । सामान्य चोटले समेत उनलाई केही खेलमा बाहिर राखेको छ । तर जब काभानीले मौका पाएका छन्, उनले आफुलाई सिद्ध गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्