नेपाल बिद्युत प्राधिकरणको अघोषित लोडसेडिङ राजधानीमा तालिका सहित

144

पौष १६, याङ्वरकफोकस// केही दिनदेखि अघोषित लोडसेडिङ गरिरहेको नेपाल विद्युत प्राधिकरणले बिहीबार पनि राजधानीका केही क्षेत्रहरुमा ३ घण्टासम्म बिजुली नआउने प्रष्ट पारेको छ ।
बुधबार साँझ एक सूचना प्रकाशित गर्दै प्राधिकरणले लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर, हरिसिद्धि फिडर र रेडियो नेपाल फिडरमा बिहीबार बिहान र दिउँसो ३ घण्टासम्म लोडसेडिङ हुने प्रष्ट पारेको हो ।

प्राधिकरणका अनुसार बानेश्वर सव स्टेसनको लोड व्यवस्थापनका लागि विभिन्न फिडरहरुलाई सटडाउनमा राखी काम गर्नुपर्ने भएकोले बिजुली नआउने भएको हो ।
जसअनुसार चापागाउँ फिडरमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडरमा दिउँसो १२ बजेदेखि २ बजेसम्म र रेडियो नेपाल फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म लोडसेडिङ हुनेछ ।

पछिल्लो समय प्राधिकरणले अघोषित लोडसेडिंग गरिरहेको छ । यसको नागरिक स्तरबाट तीव्र आलोचना भइरहेको छ । प्राधिकरणले भने लोड व्यवस्थापन र अन्य केही प्राविधिक कारणले यस्तो भइरहेको र विगतमा पनि यस्तो हुने गरेको दाबी गर्दै आइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्