– माबोहाङ मोहन

पौष १६/  हिलिहाङ दरबार प्रदेश नः१ पाँचथरको हिलिहाङ गाउँपालिका र याङ्वारक गाउँपालिका को संगम स्थलमाअवस्थित छ । लिम्बुवान साशन कालमा लिम्बुवानि राजा हिलिहाङले गोर्खाली सेनाहरू संग वीरतापूर्वक लडी सार्वभौमिकताको रक्षा गरेको यो स्थान ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । धार्मिक, सास्कृतिक ऐतिहसिक र पर्यटकीय दृष्टिकोणको महत्व बोकेर वसेको प्रदेश नः१ कै नामी हिलिहाङ दरवार जिउदो इतिहास वोकेका तत्कालिन राजा हिलिहाङ योङहाङ र पृथ्वी नारायण शाह वीच १७ औ पटक सम्मयुद्ध लडि एकआपसमा नहारी दुवै पक्षले दुरदर्शिता देखाई लिम्बुवान नेपाल को सहराज्य रहने गरि तामापत्र सन्धिमा दुवै पक्षले सहि गरि तत्कालीन साशक पृथ्वीनारायण साहले नुनपानि सन्धि गरि लिम्बुवान लाई तामापत्र प्रदान गरेका थिए ।

आजभन्दा करिब ६ सय बर्ष अगाडी निर्मित उक्त दरबारको अहिले भग्नावशेष मात्र बाँकी छ । त्यसताका हिलिहाङले आफ्ना दुश्मनसँग लडाँई गर्न प्रयोग गरेका खुँडा खुकुरी र तोप अहिलेसम्म सुरक्षित छन् । ती हतियारलाई पञ्चमी, नागी र थर्पुका लिम्वू जातीले संरक्षण गरेका छन् । नेपाल राज्यको एकिकरण पूर्व अरुण पुर्व लिम्बुबानका नामले परिचित यो क्षेत्रका लिम्बुवानि जनता हरुको बहादुरीको कदर गर्दै उपहार स्वरुप पृथ्बीनारायण शाहले दिएका निशान पनि यहिं छ। सोही निशान र हात हतियार प्रत्येक वर्ष बडादशैंको नवमीका दिन याक्थुङ मुन्धुम अन्तरगत पुजा गरेर प्रदर्शन गर्ने चलन छ । यो बाहेक राजा हिलिहाङको दरबार निर्माणमा प्रयोग भएको त्यो समयमा चिन तिब्बत बाट ल्याईएका ईंटा हालसम्म पनि छन् ।

प्रदेश नः१ पाँचथर जिल्ला को हिल्लिहाङ गाउँपालिका र याङवारक गाउपालिका को संगम स्थानमा अवस्थित जिउँदो इतिहासले भरिपूर्ण धर्म, सँस्कृतिक, सभ्यता तथा ऐतिहासिक महत्व वोकेको हिलिहाङ दरवार समुन्द्र सतहवाट करिव १९ सय मिटर उच्चाईमा र करिव १३ सय ( हाल अतिक्रमण) रोपनीको क्षेत्रफल फैलिएको छ। झापा र ताप्लेजुङ सडक खण्ड कालोपत्रे गर्ने कार्य सम्पन्न भएतापनि हिलिहाङ दरवार पुग्‍ने सडक (करिब ३ किमि) हालसम्म पक्‍की हुन सकेको छैन भने बर्षायाममा यो सडक पूर्णतया बन्द हुने गरेको छ । हिलिहाङ दरवारसम्म कालोपत्रे सडक वन्न सकेको खण्डमा नेपालको पुर्वी पहाडमा अवस्थित प्रसिद्ध मुक्कुमलुङ (पाथीभरा )मन्दिर लगायत कंचनजंघा र कुम्भकर्ण हिमाल अवलोकन गर्न जाने पर्यटकहरुले बाटैमा रहेको हिलिहाङ दरबार पनि अवलोकन गर्न सक्‍ने थिए ।

हिलिहाङ दरवारबाट चोमोलुङ (कञ्चनजंघा )र फक्ताङलुङ (कुम्भकर्ण)हिमाल र मुक्कुमलुङ (पाथीभरा)मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लाका थुप्रै स्थानको दृश्यावलोकन गर्न सकिन्छ । त्यसका साथै पर्यटकीय स्थान हरु कालोपानि ,आगेजुङ गुम्बा ,जोरपोखरि,आगेजोङ किरात हाङसाम माङहिम ,गोपेश्वर महादेव को मन्दिर कृश्चियन धर्मावलम्बीहरुको चर्च गरि दर्जनौं घुम्न लायक का अत्यन्तै रमणीय पर्यटकीय स्थान हरु अवस्थित छन्।मेची राजमार्गको फिदिम सडक ताप्लेजुङ हुँदै जाने गाडी चढेर नाँगीको हिलिहाङ चोकमा उत्रेर करिब आधा घण्टाको पैदल यात्रा पछि हिलिहाङ दरबार पुगिन्छ । करिव ६ सय वर्ष अगाडी दरवार निर्माण गर्न तिब्बतबाट ल्याईएका इटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय संगै पुरातात्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ ।तपाई पनि एक चोटि हिलिहाङ र वरिपरिको पर्यटकिय स्थान हरुको भ्रमण अवलोकन गरेर त्यहाँको सुन्दर प्राकृतिक हिमाली स्वच्छ हावापानीमा रमेर भरपुर आनन्द लिनु होला ।

प्रतिक्रिया लेख्नुहोस्