पुष १६, याङ्वरकफोकस / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई चयन गरेको छ । आज बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई चयन गरेको हो ।

प्रदेश-१ मा नेकपाका ६७ जनासांसदहरु छन् । जसमध्ये ३७ जनाले राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन् । आजको बैठकमा ३६ जना सांसदहरु उपस्थित थिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको सांसदहरुले राई विरुद्ध गत १२ गते अविश्वासको प्रस्ताव प्रदेश सचिवालयमा दर्ता गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्